दार्चुला जिससमा गठबन्धन विजयी

शेयेर गर्नुहोस

दार्चुला । दार्चुला जिल्ला समन्वय समितिमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलकोतर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू (कश्यप) र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी हुनु भएको हो ।

काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका पुस्कर सिंह धामी, खडक सिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित हुनुभएको छ ।

यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवारहरुले १० मत ल्याएर विजयी भएका हुन् । प्रतिष्पर्धीका रुपमा रहेका एमाले उम्मेदवारहरुले ८ मत पाएका थिए ।

स्थानीय निर्वाचन सम्पन्न भएको एक महिनाभित्र जिसस गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सोमवार निर्वाचन गरिएको हो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed