भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोध चर्किँदै

शेयेर गर्नुहोस

एजेन्सी । भारतमा सैनिक भर्तीका लागि ल्याइएको नयाँ योजनाको विरोधमा भइरहेको प्रदर्शन हिंस्रक बन्दै गएको छ ।

प्रदर्शनकारीहरुले रेलमा आगजनी गरेका छन् । बिहारको समस्तिपुरमा जम्मु तावी–गुहाटी एक्स्प्रेसका दुई वटा डब्बामा र लखिसराइमा पनि अर्को रेलमा आगो लगाइदिएका बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशको बालियामा पनि प्रदर्शनकारीहरुले रेल वे स्टेसनभित्र छिरेर तोडफोड गरेका छन् । उत्तर प्रदेशको पूर्वाञ्चलको बलिया जिल्लामा प्रदर्शन उग्र बनेको छ । प्रदर्शनकारीले ढुङ्गामुढा समेत गरेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

अग्निपथ नामक सैनिक भर्ती योजनाको बिहार, उत्तरप्रदेश, राजस्थान, पञ्जाब लगायतका राज्यमा विरोध भइरहेकोे छ । यो योजना अनुसार साढे १७ देखि २३ वर्ष उमेर समूहबाट सेनामा भर्ती लिइने छ । तर भर्ती गरिएको ४ वर्षपछि ७५ प्रतिशत जनशक्तिलाई अवकाश दिएर २५ प्रतिशतलाई मात्रै पूर्णकालीन सेनामा परिणत गर्ने प्रस्ताव गरिएको छ।

यो प्रस्ताव तत्काल फिर्ता लिन माग गर्दै विरोध प्रदर्शन भएको हो । सामान्य अवस्थामा १५ वर्षे सेवा अवधिपछि आजीवन पेन्सन प्राप्त हुने भएकाले भारतमा सैनिक जागिर निकै आकर्षक मानिन्छ ।

सरकारले भने सशस्त्र जनशक्ति र त्यसबाट अवकाश पाउनेहरुको पेन्सन खर्च धान्नै नसक्ने अवस्थामा पुगेको भन्दै नयाँ योजना ल्याएको हो ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *