शेयेर गर्नुहोस
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ १२ पैसा र बिक्री दर १२५ रुपैयाँ ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रुपैयाँ ६३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ २८ पैसा र बिक्री दर १५४ रुपैयाँ ०१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २५ पैसा र बिक्री दर ३४ रुपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
(साभारः रातोपाटी)