विकास निर्माणका सम्पन्न योजनाहरूको अनुगमन

शेयेर गर्नुहोस


धनगढी । कैलालीको कैलारी गाउँपालिकामा विकास निर्माणका सम्पन्न योजनाहरूको गाउँपालिका स्तरीय अनुगमन समितिले अनुगमन गरेको छ ।


गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक भगवतीकुमारी चौधरी सहित प्राविधिक टोलील सम्पन्न भएका योजनाहरूको स्थलगत अनुगमन गरेको हो ।

गाउँपालिका स्तरीय अनुगमन समुहले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट पालिकाका विभिन्न वडामा सञ्चालित निर्माण भएको योजनाहरूको गुणस्तर भए÷नभएको बारेमा अनुगमन गरेको समिति संयोजक भगवतीकुमारी चौधरीले बताइन् ।


गाउँपालिका स्तरीय अनुगमन समुहले कैलारी गाउँपालिका वडा नम्बर ५ बैजपुरमा रहेको न्यू प्रसंशा यूवा क्लव भवनको अनुगमन गरेको छ । यसको प्रदेश पूर्वाधर विकास कार्यक्रम अन्र्तगत १० लाख ३ हजार बजेट छुटयाइएको थियो ।


त्यसैगरी कैलारी गाउँपालिका वडा नम्बर १ केगाउँस्थित खुशीराम टे«डर्सदेखि कैलारी सहकारीसम्म माटो पटानी, होमपाइप जडान, ग्राभेलिङको अनुगमन गरिएको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत ५ लाख २ हजार बजेटमा यो योजना सम्पन्न भएको छ ।


अनुगमन समितिले वडा नम्बर ४ के गाउँ पश्चिम खेदा टोलदेखि अमरटोल हुदै वीरबहादुरको घरसम्म सडक स्तरोन्नतिको अनुगमन गरेको छ । प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत १३ लाख ४ हजार बजेटमा सडक स्तरोन्नतीको काम भएको छ । तीन वटै योजनाको अनुगमन गर्दा भौतिक रुपमा सम्पन्न देखिएको अनुगमन समितिका सदस्य सचिव तथा योजना शाखा प्रमुख सन्तोषकुमार चौधरीले बताए । निर्माणाधीन ३३ वटा योजना सम्पन्न हुने क्रममा रहेको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको सबै योजना सम्पन्न भएर भुक्तानी प्रक्रियामा रहेको शाखा प्रमुख चौधरीले बताए ।


अनुगमन टोलीमा समितिका सदस्य सचिव सन्तोषकुमार चौधरी, पूर्वाधार विकास समिति संयोजक तथा वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर चौधरी, वडा नम्बर ९ का अध्यक्ष खेमराज चौधरी, प्राविधिक अस्सिटेन्ट सवइन्जिनियर संजय कठरिया सहभागिता रहेको थियो ।


त्यस्तै सम्बन्धित वडामा योजनाहरुको अनुगमनमा आर्थिक विकास समिति संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष विष्णुप्रसाद चौधरी, न्यायिक समिति सदस्य तथा वडा नम्बर १ का अध्यक्ष धोजहरिपाल बोहरा, वन वातावरण विपद व्यवस्थापन समितिका संयोजक वडा नम्बर ४ का अध्यक्ष ठागुराम चौधरीको अनुगमनमा सहभागिता रहेको थियो ।
(साभारः पश्चिम टुडे)

ताजा खबर

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

छुटाउनु भयो कि !

हाम्रो फेसबुक