कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

शेयेर गर्नुहोस


टीकापुर । कैलालीको कैलारी गाउँपालिका–१ का २१ वर्षीय नैनबहादुर चौधरीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भने २ जना घाईते भएका छन ।

प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा घाइतेपछि चौधरीलाई साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरिएको थियो । नवजीवनबाट पनि कोहलपुर मेडिकल कलेज रिफर गरिएका उनको शनिबार बिहान मृत्यु भएको हो ।


शुक्रबार साँझ जिल्लाको गौरीगंगा नगपालिका–११ शिवपुरस्थित भित्री सडकखण्डमा से ४ प ४९३९ नम्बरको मोटरसाइकलले घर नजिककै सडकछेउमा खेलिरहेका ४ वर्षीय नितेश खातीलाई ठक्कर दिएको थियो । ठक्करबाट नितेशसहित मोटरसाइकल पछाडि सवार बर्दगोरिया गाउँपालिका–३ का ३१ वर्षीय जगदीश चौधरी घाइते भएका थिए।

नितेशको सौगात मेडिकल बडैपुरमा उपचार भइरहेको र जगदीशको साझा सामुदायिक हेल्थ क्लिनिक मसुरियाबाट धनगढीस्थित नवजीवन अस्पताल रिफर गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *