बालबालिकाको सवालहरु पहिचान गर्दै गौरीगंगामा बाल भेला सम्पन्न

शेयेर गर्नुहोस

घनश्याम पौडेल
मसुरिया । बालबालिकाको सवालहरु पहिचान, गर्नुपर्ने क्रियाकलापका क्षेत्र, तथा संचालन गर्नुपर्ने वडाको प्राथमिकता तय गर्दै गौरीगंगा नगरपालिका स्तरिय बाल भेला सम्पन्न भएको छ ।


गौरीगंगा नगरपालिकामा बालविवाह, छाउपडी प्रथा, लैंगिक विभेद, जातीय भेदभाव तथा लागुपदार्थ दुर्व्यसन बालबालिकाको क्षेत्रमा प्रमुख समस्या र चुनौतीका रूपमा रहेको भेलाका सहभागी बालबालिकाले सवालहरु उठान गरेका छन् ।

विद्यालय र वडा तहमा बालक्लव गठन गरि अभिभावक, वडा कार्यालय नगरपालिका र प्रहरी कार्यालय सहितको सहभागिता जनचेतना मुलक कार्यक्रम, जातीय भेदभाव अन्त्य गर्न सामुहिक अन्तरक्रिया तथा नास्ता कार्यक्रम गर्न बालबालिकाले सूझाव दिएका छन् ।


३५ जना बालबालिका सहभागी रहेको भेलाले प्रत्येक वडामा बालक्लव गठन गरि बालबालिकालाई असल सचेत जिम्मेवार नागरिक बनाउन सचेतना अभियान संचालन गर्न सबैले सामुहिक अन्तरक्रिया कार्यक्रमको आवश्यकता भएको निष्कर्ष निकालेको थियो ।


नगरपालिकाको समन्वयमा बाल कल्याण संघ टिकापुर र वल्ड भिजनको सहकार्यमा बाल भेला गरिएको थियो ।


महिला तथा बालबालिका शाखा गौरीगंगाका प्रमुख भावना जोशीले बालबालिकाको क्षेत्रमा देखिएका समस्याको समाधान गर्न भेलाले तयार गरेको कार्ययोजनालाई प्राथमिकताका साथ कार्यान्वयन गरिने जानकारी दिएका थिए ।


बाल भेलाको लक्ष्य र उद्देश्यको बारेमा जानकारी सहित कार्यक्रमको सहजिकरण तथा संचालन बाल कल्याण संघका सामाजिक परिचालक प्रेम चौधरीले गरेका थिए ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *