सुदूरपश्चिममा ३७ हजार बढी नयाँ मतदाता थपिए

शेयेर गर्नुहोस


टीकापुर । सुदूरपश्चिममा ३७ हजार बढी नयाँ मतदाता थपिएका छन् । प्रदेशका ९ वटै जिल्लामा गरी ३७ हजार २ सय ६१ नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालय धनगढीले बताएको छ ।


प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट उक्त नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले बताए ।

उनका अनुसार कैलालीमा ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका छन्, भने कञ्चनपुरमा ९ हजार ८ सय २८, बाजुरामा १ हजार ३ सय ६४ जना नयाँ मतदाता थपिएका हुन् ।

यस्तै अछाममा ४ हजार ८०, डोटीमा २ हजार १ सय ७२, बझाङमा १ हजार ६ सय ५९ नयाँ मतदाता थपिएका हुन । डडेल्धुरामा २ हजार २ सय ५८, बैतडीमा २ हजार ८ सय ६ र दार्चुलामा १ हजार ६ सय ६४ नयाँ मतदाता थपिएका हुन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed