आवश्यक छ कोलेस्टेरोल पनि

शेयेर गर्नुहोस


सुमित्रा लुइटेल


काठमाडौं । ‘कोलेस्टेरोल बढ्यो ।’ यस्तो सुन्नासाथ हाम्रो मन बेचैन हुन पुग्छ । जब कोलेस्टेरोलको मात्रा बढ्दै जान्छ, मुटुको जोखिम बढ्दै जान्छ । हाम्रो साझा धारणा यस्तै छ ।

जबकि कोलेस्टेरोल शरीरको लागि अति जरुरी हुन्छ । तर कस्तो कोलेस्टेरोल ?

मुटुरोग विशेषज्ञ डा. कमल शर्मा लम्साल भन्छन्, ‘बुझ्ने भाषामा भन्नुपर्दा कोलेस्टेरोल भनेको हाम्रो शरीरमा हुने चिल्लो पदार्थको तह हो ।’ उनका अनुसार रगतको नलीहरूमा राम्ररी रक्तप्रवाह गर्न र शरीरको कोषको बनोटमा कोलेस्टेरोलको भूमिका र आवश्यकता हुन्छ ।

तर रगतमा कोलेस्टेरोलको मात्रा चाहिने भन्दा बढी भयो भने रक्तनली, कलेजो र मुटुमा जम्मा हुन्छ । ‘विशेषगरी रगतको नलीमा यो जम्मा हुन्छ र रगतको नली साँघुरिएर रक्त प्रवाह राम्ररी हुँदैन,’ डा. लम्साल भन्छन्, ‘त्यसले गर्दा पक्षघात, हृदयघात र मुटुरोगको जोखिम बढ्न सक्छ ।’

उनका अनुसार कोलेस्टेरोल बढेको पहिचान गर्ने कुनै लक्षण हुँदैन । जाँच गरेपछि मात्र यसबारे जानकारी पाइन्छ ।

दुई प्रकारका कोलेस्टेरोल

कोलेस्टेरोल मुख्यतया दुई किसिमका हुन्छन् । शरीरमा राम्रो काम गर्ने ‘एचडीएल कोलेस्टेरोल’ र शरीरमा नराम्रो प्रभाव पार्न सक्ने नराम्रो ‘एलडीएल कोलेस्टेरोल’ ।

राम्रो कोलेस्टेरोलले हृदयघात, पक्षघात हुनबाट बचाउँछ भने नराम्रो कोलेस्टेरोलले हृदयघात र पक्षघात गराउने डा. लम्साल बताउँछन् ।

अत्यधिक चिल्लो प्रयोग भएको खानेकुरा, बोसो भएको मासु, प्रशोधित तेल, बढी गुलियो प्रयोग भएको पेय पदार्थ, अण्डाको पहेंलो भाग, कार्बोहाइड्रेट बढी भएको खानेकुरा र लामो समयदेखि प्याक गरिएको खानेकुरा, जंकफुड र धुम्रपान मद्यपानको सेवनले शरीरमा खराब कोलेस्टेरोलकोे मात्रा बढाउने लम्साल बताउँछन् ।

गुड कोलेस्टेरोलको कुरा

गुड कोलेस्टेरोल, जसले रक्तनलीमा बोसो जम्नबाट बचाउँछ । बढी भएको नराम्रो कोलेस्टेरोललाई कलेजो मार्फत निष्क्रिय बनाइदिन्छ ।

शरीरको कोषहरूको बनोटको लागि गुड कोलेस्टेरोल जरुरी हुन्छ । डा. लम्साल भन्छन् ‘गुड कोलेस्टेरोलले नराम्रो कोलेस्टोललाई निष्क्रिय पारेर खराब कोलेस्टेरोलका कारण शरीरमा देखापर्ने मधुमेह, मुटुरोग, उच्च रक्तचाप जस्ता समस्याबाट बचाउँछ ।’

कति हुनुपर्छ कोलेस्टेरोल ?

कोलेस्टेरोल नाप्ने विभिन्न इकाई हुन्छन् । मिलिग्राम र मिलिमोलमा कोलेस्टेरोल नापिन्छ । सामान्यतया शरीरमा ४० मिलिग्रामभन्दा बढी गुड कोलेस्टेरोल हुनुपर्छ । तर अहिले विभिन्न अनुसन्धान हेर्दा धेरै मानिसमा गुड कोलेस्टेरोल भन्दा नराम्रो कोलेस्टेरोलको मात्रा बढी पाइएको डा. लम्साल बताउँछन् ।

‘शरीरमा गुड कोलेस्टेरोलको मात्रा बढाउन बदाम, ओखरजस्ता ड्राइ फ्रुट, माछा, माछाको तेल, ओलिभ आयल आदिको सेवन गर्नुपर्छ,’ उनी भन्छन् ।
(अनलाइन खबर बाट)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *