सुदूरपश्चिमका लागि साढे ११ हजार म्यादी प्रहरी

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशमा करिब साढे ११ हजार म्यादी प्रहरी खटाइने भएका छन । अगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई ती म्यादी प्रहरी खटाइने भएको हो ।

प्रदेशका नौ वटै जिल्लाको प्रत्येक प्रतिनिधि तथा प्रदेश सभाको चुनाव सुरक्षाका लागि ११ हजार ५ सया ७८ जना म्यादी प्रहरी खटाइने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


प्रहरीका अनुसार डोटीमा नौ सय ५३, अछाममा एक हजार दुई सय ६८,बाजुरामा सात सय ४९, डडेल्धुरामा नौ सय ३७ जना म्यादी प्रहरी खटाइने छन ।


यस्तै बैतडीमा एक हजार एक सय ९१, दार्चुलामा आठ सय २९, बझाङमा एक हजार एक सय ८८, कैलालीमा दुई हजार आठ सय १२ र कञ्चनपुरमा एक हजार छ सय ३२ जना म्यादी प्रहरी खटाउने कोटा छुट्याइएको छ ।

गत भदौ ३० गतेसम्म म्यादी प्रहरीको लागि खुलेको भर्नामा सुदूरपश्चिम प्रदेशमा २४ हजार ५ सय १६ जनाले आवेदन दिएका थिए । त्यसबाट ११ हजार ५ सय ७८ जना छनोट गरिने बताए ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed