शसस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा शसस्त्र प्रहरीले अबैध सामान बरामद गरेको छ । एक गाडीसहित १८ लाख बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

कैलाली स्थित सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेड क्वाटरबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको जनाएको छ ।

कैलालीका विभिन्न ठाउँबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेड क्वाटरले जनाएको छ ।

सशस्त्रले नियन्त्रणमा लिएको गाडीसहित किराना सामान, कम्प्युटर पार्टस, लेडिज कपडाहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिजयादशमी नजिकिदै गर्दा नेपाल भारत सीमाक्षेत्रबाट तस्करी बढेको जनाइएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed