शसस्त्र प्रहरीद्वारा अवैध सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा शसस्त्र प्रहरीले अबैध सामान बरामद गरेको छ । एक गाडीसहित १८ लाख बढीको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

कैलाली स्थित सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेड क्वाटरबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको जनाएको छ ।

कैलालीका विभिन्न ठाउँबाट अवैध रुपमा भन्सार छलि नेपाल भित्र्याई बेवारिसे अवस्थामा रहेको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेड क्वाटरले जनाएको छ ।

सशस्त्रले नियन्त्रणमा लिएको गाडीसहित किराना सामान, कम्प्युटर पार्टस, लेडिज कपडाहरु आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
बिजयादशमी नजिकिदै गर्दा नेपाल भारत सीमाक्षेत्रबाट तस्करी बढेको जनाइएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed