जनप्रतिनिधिसहित ११ जना जुवाडे प्रक्राउ, ४ लाख बढी रकम बरामद

शेयेर गर्नुहोस

दार्चुला । दार्चुलामा जुवा खेलिरहेको अवस्थामा जनप्रतिनिधिसहित ११ जना जुवाडे प्रक्राउ परेका छन् । महाकाली नगरपालीका–४ तिङ्करखेडाबाट ४ लाख बढि नगदसहित ११ जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

स्थानिय प्रेम सिंह बुढाथोकीको घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मार्दा उनीहरूबाट चार लाख दुई हजार ३ सय ६० रुपैयाँ बरामद गरिएको छ ।
विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले दिउँसो साढे ३ बजे छापा मारेको हो ।

पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed