जनप्रतिनिधिसहित ११ जना जुवाडे प्रक्राउ, ४ लाख बढी रकम बरामद

शेयेर गर्नुहोस

दार्चुला । दार्चुलामा जुवा खेलिरहेको अवस्थामा जनप्रतिनिधिसहित ११ जना जुवाडे प्रक्राउ परेका छन् । महाकाली नगरपालीका–४ तिङ्करखेडाबाट ४ लाख बढि नगदसहित ११ जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

स्थानिय प्रेम सिंह बुढाथोकीको घरमा जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मार्दा उनीहरूबाट चार लाख दुई हजार ३ सय ६० रुपैयाँ बरामद गरिएको छ ।
विशेष सुचनाको आधारमा प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले दिउँसो साढे ३ बजे छापा मारेको हो ।

पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन् । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed