पहिरोले घर पुरिएर एक जनाको मृत्यु

शेयेर गर्नुहोस


बाजुरा । बाजुरामा पहिरोले घर पुरिएर एक जनाको मृत्यु भएकाको छ । सोमबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिएर जगन्नाथ गाउँपालिका १ का करीब ४५ वर्षिया प्रभुलाल गिरीको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरोमा परेर मृतककी आमा पनि घाइते भएकी छन् । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको प्रहरीले बताएको छ । यस्तै मृतकको शव पनि पोस्टमार्टमका लागि कोल्टी पठाईएको बताइएको छ । जगन्नाथ गाउँपालिकामा लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेको छ ।

अहिलेसम्म गाउँपालिकाका विभिन्न स्थानमा गरी पहिरोले ३ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ । यस्तै जिल्लाका २ प्रहरी चौकी र विद्यालय भवनहरु समेत पहिरोको जोखिममा रहेका छन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed