पहिरोले घर पुरिएर एक जनाको मृत्यु

शेयेर गर्नुहोस


बाजुरा । बाजुरामा पहिरोले घर पुरिएर एक जनाको मृत्यु भएकाको छ । सोमबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिएर जगन्नाथ गाउँपालिका १ का करीब ४५ वर्षिया प्रभुलाल गिरीको ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पहिरोमा परेर मृतककी आमा पनि घाइते भएकी छन् । घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको प्रहरीले बताएको छ । यस्तै मृतकको शव पनि पोस्टमार्टमका लागि कोल्टी पठाईएको बताइएको छ । जगन्नाथ गाउँपालिकामा लगातारको वर्षाका कारण पहिरोको जोखिम बढेको छ ।

अहिलेसम्म गाउँपालिकाका विभिन्न स्थानमा गरी पहिरोले ३ परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी दिएको छ । यस्तै जिल्लाका २ प्रहरी चौकी र विद्यालय भवनहरु समेत पहिरोको जोखिममा रहेका छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed