एमालेद्वारा बाढी पिडितको उद्धार र राहतमा खट्न कार्यकर्ताहरुलाई निर्देशन

शेयेर गर्नुहोस

टीकापुर । नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ कैलालीले बाढी पिडितको उद्धार राहतमा खट्न आफ्ना सबै कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
पार्टीका क्षेत्र नं. १ कैलालीका संयोजक श्याम खत्रीद्धारा आज जारी विज्ञप्तीमा सो निर्देश दिएका हो ।


विज्ञप्तीमा भनिएको छ ‘विगत ५ दिन देखि परेको अबिरल वर्षाका कारण कर्णाली लगायत अन्य नदीमा पानीको सतह बढेको र त्यसबाट यस क्षेत्रमा भएको डुबान र क्षती प्रति नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी क्षेत्र नं. १ कैलालीेकोे गम्भीर ध्यानाकर्षण भएको छ ।’


कर्णाली नदीमा बढिरहेको पानीको सतह र वर्षा नरोकिएको अबस्थाले थप क्षती समेत निम्त्याउन सक्ने सम्भावना देखिएको विज्ञप्ती उल्लेख छ ।


एमालेले ‘सम्भावित क्षतिलाई रोक्न र न्युनिकरण गर्न तिनै तहका सरकार र सबै क्षेत्रलाई सहकार्यका लागि आग्रह समेत गरेको छ ।


विज्ञप्तीमा भनिएको छ ‘यस बिपतको घडीमा नेकपा एमाले क्षेत्र नं. १ कैलालीका पार्टी कमिटी, नेता कार्यकर्ताहरु उद्धारमा सकृयताका साथ लाग्न हुन पार्टी निर्देशन गर्दछ । ’


एमालेद्धारा प्रकाशित विज्ञप्तीमा बाढीबाट डुबानमा परेको जन समुदायलाई उद्धार र राहतमा सहयोग गर्न हुन स्थानिय सरकारसँग जोडदार माग गर्दै स्थानिय स्तरमा कृयासिल दातृ निकाय र संस्थालाई यथासिघ्र आफ्ना उद्धार र राहतका कार्यक्रम ल्याउन पनि अनुरोध गरिएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed