कञ्चनपुरमा बहुविवाह सम्बन्धी मुद्दामा फरार एकजना पक्राउ

शेयेर गर्नुहोस


टीकापुर । कञ्चनपुर जिल्लामा बहुविवाह सम्बन्धी मुद्दामा डेढ वर्ष कैद फैसला भई फरार रहेका एकजना पक्राउ परेका छन् । वेदकोट नगरपालिका ४ बैतडी बस्ने अन्दाजी २७ वर्षीया सुरेश लुहार रहेका छन् ।

विवाह सम्बन्धी कसुर मुद्दामा फरार रहेका लुहारलाई बुधबार आफ्नै घर ठेगाना नजिक लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनलाई २०७७ माघ २९ गतेको फैसलाले १ वर्ष ५ महिना २९ दिन कैद सजाय सुनाएको थियो ।

उनलाई कञ्चनपुर जिल्ला अदालत पेस गरी अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

ताजा खबर

भक्तपुरको दुईपोखरीमा डुबेर एक पुरुषको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *