कैलाली १ मा एमालेले तोक्यो चुनावी कमाण्डर

शेयेर गर्नुहोस

विजयको यात्रामा अगाडी बढ्न प्रदेश सचिवको निर्देशन


मातृका तिमिल्सेना


टीकापुर । नेकपा एमालेले कैलाली क्षेत्र नं .१ मा चुनाव परिचालनका लागि जिम्मेवारी तोकेको छ ।

नेकपा एमाले क्षेत्रिय समन्वय कमिटी कैलालीको आयोजनामा आज टीकापुरमा भएको भेलाले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ का लागिर दुबै तर्फका प्रदेशका लागि मूल परिचालन समिति कमिटी बनाएको हो ।

भेलामा कैलाली १ मा एमालेसँग तालमेल गरेको जनता समाजवादीका नेताहरुको समेत सहभगिता रहेको थियो ।

भेलाले १ हजार १५ सदस्यीय क्षेत्र नं।१ निर्वाचन परिचालन मूल समितिको संयोजकमा प्रेमबहादुर साँउद, उप संयोजक डिल्ली जोशी र सचिवमा मातृका तिमिल्सैनालाई जिम्मेवारी तोकको हो ।
निर्वाचन मूल परिचालन समितिको संयोजक, उप संयोजक र सचिवको जिम्मेवारी पाएका तिनै जना एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सदस्यहरु हुनुहुन्छ ।

भेलाले प्रदेश कमिटी सदस्यहरुलाई मूल परिचालन समितिको सचिवालय सदस्यको जिम्मेवारी दिएको छ ।

यस्तै प्रदेश नं।१ तर्फको मूल परिचालन समितिको संयोजकमा प्रेम चौधरी, उप संयोजकमा गणेश पाठक र सचिवमा राजु बम रहनुभएको छ । चौधरी एमाले प्रदेश कमिटी सदस्य हुनुहुन्छ भने पाठक कैलाली जिल्ला कमिटी सदस्य हुनुहुन्छ । यस्तै बम जनता समाजवादी पार्टीको प्रदेश सचिव हुनुहुन्छ ।

प्रदेश ख मा भने मूल परिचालन समितिको संयोजक श्याम खत्री, उप संयोजकमा खडक साउद र सचिवमा रामकृष्ण चौधरी रहनु भएको छ ।

खत्री जिल्ला सचिवालय सदस्य हुनुहुन्छ भने साउद र चौधरी जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।

भेलामा निर्देशन दिदै नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकले देशको स्वाभिमान र विकासका लागि मालेको जित अनिवार्य रहेकोले जनताको घर आगनमा गएर विजय अभियान शुरु गर्न आग्रह गर्नु भयो ।

पाठकले एमालेले विगतमा गरेको जनपक्षिय कामहरुलाई लिएर जनताका बिचमा जानु पर्ने बताउदै एमालेको सरकार नभएर देश विकास हुन नसक्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै कैलाली क्षेत्र नं।१ मा प्रतिनिधि सभा सदस्यका उम्मेद्धार तपेन्द्र रावलले आफुलाई जनताले मत दिएर जिताएमा इमान्दार पुर्वक जनता र देशको सेवा गर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश २ का एमाले उम्मेद्धार द्धारिका न्यौपानेले टीकापुरको विकासका लागि दिर्घकालिन योजना हुनुपर्ने र त्यसको कार्यान्वयन गर्न इमान्दार नेतृत्व आवश्यक रहेको बताउनु भयो । उहाँले आफु निर्वाचित भएमा टीकापुरको मुहार बदल्न लाग्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै जनता समाजवादी नेपालका उम्मेद्धार भगतराम चौधरीले एमाले र जनता समाजवादी बिचको सहकार्यले टीकापुरको विकासमा योगदान पुग्ने भएकाले या तालमेल अनुसार मत खसाउन अनुरोध गर्नु भयो ।

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed