प्रशासनद्धारा एक साताका लागी सेवा प्रबाह स्थगित

शेयेर गर्नुहोस

टीकापुर । जिल्ला प्रशासन कार्यालय डोटीले अत्याआवश्यक सबै सेवाहरु एक हप्तााको लागि स्थगित गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यहरुको निर्वाचनका लागि कार्यालयबाट कर्मचारीहरु विभिन्न स्थानमा खटीई जानुपर्दा कर्मचारी अभाव हुने हुदाँ कात्तिक २९ गते देखि मंसिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगित गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताईन् ।

जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत दीपा जोशीको हस्ताक्षरमा सोमबार एक सुचना जारी गर्दै कात्तिक २९ गते देखि मंसिर ५ गते सम्मका लागि अत्यावश्यक सेवा बाहेकाका सबै सेवाहरु स्थगित गरिएको जानकारी गराएको छ ।

ताजा खबर

amazed