कैलाली जोशीपुरमा भिनाजुको हँसिया प्रहारबाट सालाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जोशीपुरमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजुको हँसिया प्रहारबाट मृत्यु भएको हो ।

५० बर्षीय गौरीलाल ढुङगानाले साला नाता पर्ने भण्डारीमाथि हसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन । उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको छ ।

मंगलबार राति करिब ९ बजे भएको घटना पछि आरोपित ढुङगाना फरार हरेको प्रहरीले जनाएको छ । उनको खोजीका लागि प्रहरी परिचालन गरिएको डिएसपी जोशीले बताए । 

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *