चिसोको कारण २ जनाको मृत्यु 

शेयेर गर्नुहोस

वीरगञ्ज । सर्लाहीमा चिसोले कठ्याग्रिंएर दुई जनाको मृत्यु भएको छ ।

हरिपुर नगरपालिका वडा नं ९ पिडारीटोल बस्ने अन्दाजी ५० वर्षीय राजेन्द्र चौधरी र वडा नं। ६ लक्ष्मीपुर बस्ने ८० वर्षीय राम भगत माझीको मृत्यु भएको हो ।

पुस ३ गते बिहान ८ बजे राजेन्द्रको चिसोको कारण मृत्यु भएको स्थानीयले मंगलबार मात्रै खबर गरेको प्रहरीले जनाएको छ ।

प्रहरी टोली पठाएर बुझ्दा राजेन्द्रलाई चिसोले रुखा खोकी लागि श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

नमूना अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्ज पठाइएको थियो । तर, रौतहटको चपुरमा आइपुग्दा पुस ४ गते बिहान २ बजे उनको मृत्यु भएको थियो ।

मृतकको शव घरमा ल्याई सामाजिक परम्परा अनुसार सदगत गरिसकेपछि प्रहरीलाई घटनाबारे जानकारी आएको थियो ।

त्यसैगरि मंसिर २२ गते बिहान ९ बजे राम भगत माझीको चिसोकै कारण मृत्यु भएको दाबी स्थानीयले गरेका छन् ।

मृत्यु भएकै दिन सामाजिक परम्परा अनुसार माझीको सदगत गरिएको थियो । स्थानीयले मंगलबार दिउँसो प्रहरीलाई घटनाको बारे जानकारी गराएका थिए ।

प्रहरी टोली पठाएर बुझ्दा उनको पनि चिसोले रुखा खोकी, श्वासप्रश्वासमा समस्या भई मृत्यु भएको जनाइएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed