कैलालीमा पूर्व–पश्चिम राजमार्ग दुई ठाउँमा बन्द

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकाको स्याउले र हरैयामा पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको हो । स्याउलेमा ट्याक्टर व्यवसायीहरुले सडक अवरुद्ध पारेका हुन भने हरैयामा दुर्घटनापछि राजमार्ग बन्द गरिएको हो । 

नगरपालिकाको वडा नम्बर ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा तीन वर्षीय भरत ठकुल्लाको मृत्यु भएको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हरैया चोकमा स्थानीयले सडक अवरोध गरेका हुन् । 

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *