कैलालीको टीकापुरबाट लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको इलाका प्रहरी कार्यालय टीकापुरको मातहतमा रहेको कालाकुण्डा प्रहरी चौकीको टोलीले लागुऔषध खैरो हिरोइन सहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. २ मोतीपुरका २५ वर्षीया रेनिस डाँगी रहेको प्रहरीले जनाएको छ । 

सु.प.प्र. ०१००९ प ३५२९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका डाँगीको साथबाट ८ ग्राम ९१० मिलिग्राम खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीको दक्षिणपूर्बि क्षेत्रमा लागुऔषधमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ । तरपनि लागुऔषधमा संलग्नहरु नियन्त्रण हुन सकेको छैन ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *