लागु औषधसहित एकजना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । दार्चुलाका एक जना लागु औषधसहित पक्राउ परेका छन् । जिल्लाको दुँहु गाउँपालिका–४ घर भई हाल महाकाली नगरपालिका–४ स्थित महादेव खुद्रा पसल संचालन गर्दै आएका ७० वर्षीय बिरसिंह लोथ्याललाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ केजी ८ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगडबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा लुकाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *