कैलालीको गोदावरीमा एमालेको बिरोध तेस्रो दिन पनि जारी

शेयेर गर्नुहोस

टीकापुर । नेकपा (एमाले) ले गोदावरी नगरपालिकाको कार्यालय परिसरमा नाराबाजी गर्दै बुधबार  पनि बिरोध जनाएको छ । उसले खुटिया खोलाबाट नदी जन्य पदार्थ नगरपालिकाले मनपरी उठाउन थालिएको बिरोधमा तेस्रो दिन पनि प्रदर्शन गरेको हो ।

नगरकमिटीका अध्यक्ष गोकर्ण भट्टको नेतृत्व मा नगरपालिका पुगेको एमाले नेताहरुको समुहले नगरपालिकाको उक्त कार्य बिरुद्द चर्को नाराबाजी गरेका हुन ।

बिरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष भट्टले नगरपालिकामा भएको भ्राष्चाटारको अख्तियारले छानबिन गर्नु पर्ने माग गरे । नगरपालिकाको उक्त कार्यको बारेमा अख्तियारमा उजुरी गराएको ३ दिन भएकाले  तुरुन्त अक्तियारले छानबिन गर्नुपर्ने

आगामी दिन मा पनि बिरोध कार्यक्रम जारी रहने एमालेले जनाएको छ । नगरपालिका ले भने अहिलेसम्म यो बिषयमा आधिकारिक रूपमा बिज्ञप्ति समेत जारी गरेको छैन । उसले खुटियाबाट नदि जन्य पदार्थ उठाउँदा कुनै अनियमितता नभएको बताउंदै आएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed