शेयेर गर्नुहोस
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका १४ फुलबारीमा ट्रेयाक्टर सहित सालको काठ बरामद गरेको छ । वनको टोलीले बुधबार राती फुलबारीको बक्टैया तालको भारताल साझेदारी वनको भित्र सालका गोलीया बनाई लैजाने क्रममा ट्रेयाक्टर सहित बरामद गरेको हो ।
सालका ६ गोलीया से १ त २३० नम्बरकको ट्रेयाक्टरमा अबैध रुपमा काठ लुकाइ छिपाइ लैजादै गरेको अबस्था सवडिभिजन फुलबारी र भारताल साझेदारी सामुदायिक वन उपभोक्ता समुहको संयुक्त गस्ती टोलीले बरामत गरेको भारताल साझेदारी सामुदायिक वनका अध्यक्ष यादव भण्डारीले बताए ।
अहिले भारताल बन क्षेत्रमा काठ चोरीको घटना बढ्न थालेपछि काठ चोरी निकासी नियन्त्रण गर्न गस्ती बढाएको अध्यक्ष भण्डारीले बताए ।
विशेष सूचनाको आधारमा गस्ती टोलिले काठ ट्रेयाक्टर समात्न सकेपनि संलग्न भने फरार भएको सब डिभिजन वन कार्यलय फुलबारीका प्रमुख लोकराज दाहालले बताए ।