ए डिभिजन लिगका १४ क्लबले गरे दर्ता

शेयेर गर्नुहोस

काठमाडौँ । सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ का लागि १४ ए डिभिजन क्लबले दर्ता गरेका छन् । त्यस्तै १५ क्लबले तयारी खर्चको पहिलो किस्ताबापत १५÷१५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

मनाङ मस्र्याङ्दी क्लब, खुमलटार युथ क्लब र सातदोबाटो युथ क्लबले बिहीबार र शुक्रबार फारम बुझाए । क्लबहरुले तयारीको पहिलो किस्ताको रकम समेत संकलन गरेका छन् ।

चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी फुटबल क्लब, एपीएफ फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, हिमालयन शेर्पा, थ्रीस्टार क्लब, संकट क्लब, न्यूरोड टिम (एनआरटी) र नेपाल पुलिस क्लबले प्रवेश फारम बुझाएका थिए । बुधबार सहीद स्मारक ‘ए’ डिभिजन लिग २०२३ मार्च ३ बाट सुरु हुँदैछ । प्रतियोगिताको टाई सिट जनवरी १६ मा हुनेछ ।

(साभारः रातोपाटी)

ताजा खबर

कैलालीमा लागुऔषधसहित एक युवती र ३ युवक पक्राउ

कैलालीको टीकापुर र जानकीका ३ जना लागूऔषधसहित पक्राउ

पूर्वराजा ज्ञानेन्द्र शाहको सुदूरपश्चिम भ्रमणको तयारी

कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *