वडा कार्यालयद्वारा न्यानो कपडा वितरण

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको गौरीगंगा नगरपालिका–६ को वडा कार्यालयले अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा कम्बल वितरण गरिएको छ ।

वडाको आर्थिक सहयोगमा वडा भरीका करिब १२ जनालाई न्यानो कपडा (कम्बल) वितरण गरिएको जनाइएको छ । अपाङ्गता भएकाहरूले गाउँघरमा सरकार भएको महसुस गराउन तथा उनीहरूलाई चिसोबाट बचाउन आफूहरूले कम्बल वितरण गरेको वडा नम्बर ६ का वडा अध्यक्ष टेक बहादुर कुँवर बताएका छन् ।
 
चिसो समयमा समस्यामा परेका अपाङ्गता भएका व्यक्तिहरूले कम्बल प्राप्त गरेपछि खुसी व्यक्त गरेका छन् । न्यानो कपडा वितरण कार्यक्रममा नगर स्तरीय सामुदायिक मेलमिलाप समितिको संयोजकमा हेमन्त राज जोशी (बाजे), रानिफाटा सामुदायिक वन समितिका अध्यक्ष चक्र बोगटी, समाजसेवी कृष्ण खडका, पुरन सिंह कडायत, दान बहादुर कुँवर, सामाजिक अभियन्ता लछमी बोगटी कुँवर र वडा सदस्य सियाराम चौधरी लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन सामाजिक परिचारिका टिकेस्वरी शर्माले गरेकी थिईन ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *