वन मुद्दाका फरार अभियुक्त पक्राउ

शेयेर गर्नुहोस

कोहलपुर। सुर्खेत प्रहरीले वन मुद्दाका फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –२ ठउरीका ३९ वर्षीय विनोद गिरी रहेका छन् ।

गिरीलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

उनलाई डिभिजन बन कार्यालय सुर्खेतले वन मुद्दामा २२ असोज २०७७ मा २५ हजार ३१२ रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रहरीका अनुसार पक्राउ परेका उनलाई डिभिजन वन कार्यालयमा पठाइएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed