मुख्यमन्त्रीमा माओवादीको कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश पाउनुपर्ने दाबी

शेयेर गर्नुहोस

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन प्रदेशको मुख्यमन्त्री दाबी गरेको छ । सात प्रदेशमध्ये माओवादीले कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश पाउनुपर्ने दाबी गरेको हो ।

‘हामीले तीन प्रदेशका मुख्यमन्त्री दाबी गरेका छौँ । जसमा कर्णाली, बाग्मती र सुदूरपश्चिम प्रदेश हुन्,’ प्रधानमन्त्री निकट एक प्रभावशाली नेताले भने, ‘अन्त्यमा सत्ता साझेदार दललाई मिलाउनु पर्नेमा भएमा कर्णाली र बाग्मतीको मुख्यमन्त्री लिएर अरू प्रदेशको मुख्यमन्त्री आलोपालो हुन सक्छ ।’

कर्णाली प्रदेशबाट माओवादीका राजकुमार शर्मा, बाग्मती प्रदेशबाट सालिकराम जमरकट्टेले र सुदूरपश्चिमबाट खगराज भट्टले दाबी गरेका छन् । यस्तै माओवादीले आलोपालोमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले पाउन सक्ने बताएको छ । 

यस्तै नेकपा एमालेले प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा पाउने निश्चित भएको छ भने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको छ । यद्यपि सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा र जनमत पार्टीले आलोपालो चलाउने गरी सहमति जुट्न सक्ने सम्भावना रहेको छ । सातै प्रदेशको मुख्यमन्त्री आइतबार बेलुकासम्म टुङ्गो लाग्ने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।

ताजा खबर

एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुङ्गाना विजयी

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *