कञ्चनपुरमा दुई वर्षमा सवारी दुर्घटनामा ६८ जनाको मृत्यु

शेयेर गर्नुहोस


कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जिल्लाभित्र सडक दुर्घटना बढ्दै गएको बताएको छ । पछिल्लो दुई वर्षको अवधिमा मात्र जिल्लामा एक सय ९० सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकले देखाएको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा ९३ र आव २०७८÷७९ मा ९७ सडक दुर्घटना भएका थिए । चालू आव २०७९÷८० को अहिलेसम्म ३३ दुर्घटना भएका छन्। सवारी दुर्घटनामा परेर आर्थिक २०७७÷७८ मा ३५ र २०७८÷७९ मा ३३ जनाको मृत्यु भएको थियो। ट्राफिक प्रहरीले कञ्चनपुरमा सवारी जाँचमा कडाइ गरेको छ।

सडक दुर्घटना बढ्दै गएपछि न्यूनीकरण गर्न सवारी जाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दले बताए । उनकाअनुसार दैनिक चार÷पाँच पटक पूर्व–पश्चिम महेन्द्र राजमार्गलगायत विभिन्न सडक खण्डमा ट्राफिक जाँच गर्ने गरिएको छ। ‘ट्राफिक जाँचमा कडाइ गरेपछि राजस्व संकलनमा समेत वृद्धि भएको छ’, उनले भने, ‘मादक पदार्थ सेवन, हेल्मेटविना साधन चलाउने, लाइसेन्स लगायतजाँच गर्ने गरिन्छ ।’

ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने फेला पर्ने गरेका छन् । सवारी साधनको नम्बर प्लेटमा राख्ने गरिएको नेपालको झन्डा हटाउने अभियान पनि सञ्चालन गरिएको प्रहरी निरीक्षक चन्दले बताए ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *