शेयेर गर्नुहोस
टीकापुर । कञ्चनपुर जिल्लामा अवैध लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका वडा नं ७ बस्ने ४० वर्षीया करन धामी रहेका छन् ।
प्रदेश प्रहरी कार्यालय, धनगढी अन्तर्गत क्षेत्रीय अनुसन्धान समूहका प्रहरी सहायक निरीक्षक मोहन रावलको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ कालिका टोलबाट १५ किलो ५२० ग्राम चरेससहित धामीलाई पक्राउ गरेको हो ।
धामीलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाइएको जनाइएको छ।