शेयेर गर्नुहोस
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको स्थापना दिवसको अवसरमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले शुभकामना व्यक्त गरेका छन् । सम्पूर्ण सुदूरपश्चिम प्रदेशवासी, जनसमुदाय, तथा देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भनी शुभकामना पत्रमा
आन्दोलनमा घाइते भएका योद्धाहरुप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना एवं आन्दोलनमा सरिक भएका आम जनसमुदायप्रति मुख्यमन्त्री रावलले हार्दिक आभार व्यक्त गरेका छन् । उनले ज्ञात अज्ञात सहिदहरुप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
नेपालको संविधान २०७२ जारी भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लागु भए पश्चात् २०७४ सालमा ७ गते पहिलो सुदूरपश्चिम प्रदेश सभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पुर्याउनु हुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु समेत शुभकामना पत्रमा उल्लेख छ ।