शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाका गोदावरी नगरपालिका वडा नम्बर १२ रातापानी सामुदायिक वनमा शुक्रबार ट्रयाक्टर दुर्घटना हुँदा घाइते भएका ट्याक्टरका सह–चालक ४० वर्षीय मनीराम चौधरीको मृत्यु भएको हो । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० का स्थानीय हुन् ।
शुक्रवार से १ त ६१९३ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । उनी ट्याक्टरको इन्जिनमुनी च्यापिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । चालक पुनर्वास नगरपालिका वडा नम्बर १० का ४१ वर्षीय सत्तु राना पनि घाइते भएका छन् । उनको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।