शेयेर गर्नुहोस
टीकापुर । कैलाली देखि सुदूरपश्चिममा बिभिन्न जिल्लामा भूकम्पको धक्का महशुस गरिएको छ । मंगलबार दिउँसो २ बजेर ४४ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो।
भूकम्पको कैलाली,कञ्चनपुरलगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत धक्का महशुस गरिएको हो ।
बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका राजेश शर्माले जानकारी दिए ।
बाजुरामा केहि ठाउँमा घरहरु भत्किएको जनाइएको छ ।