कैलालीमा एकै दिनमा एक दर्जन घरमा चोरी

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ र १८ मा एक दर्जन घर र पसलमा चोरी भएको छ । आइतवार राति भारतीयको समूहले घर तथा पसलमा चोरी गरेको स्थानीयले बताएका छन्। फूलबारीका स्थानीय गोपाल बस्नेतको पसलबाट २ लाख ५० हजार नगदसहित पानी तान्ने मोटरहरू चोरी भएको फूलबारीका व्यवसायी कृष्ण पाण्डेयले बताए ।

उनका अनुसार फूलबारीको गहतराज सुन चाँदी पसलको ताला तोड्ने क्रममा र स्थानीय केदार चापागाईको घरबाट मोटर चोर्ने क्रममा स्थानीयले थाहा पाउँदा चोरहरूको समूह भागेको पाण्डेयले बताए ।

आइतवार राति वडा नम्बर १४ र १८ को एक दर्जन घरबाट पानी तान्ने मोटर चोरी भएको र चोरीमा संलग्न समूह भारतीय रहेको स्थानीयले बताएका छन्। धनगढीका स्थानीयले आधिकारिक नाका बाहेक अन्य ठाउँबाट नेपाल–भारत आवागमन बन्द गर्नुपर्ने माग गर्दै आएका छन् ।

सीमाक्षेत्र भएर बग्ने मोहना नदीमा बनाइएका काठेपुल भत्काउनुपर्ने र अवैध बाटाहरू प्रयोग गर्न पूर्णरूपमा बन्देज लगाउनुपर्ने सीमाक्षेत्रका नागरिकले माग गर्दै आएका छन् । तर सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरू अबैध मार्ग बन्द गर्न अनिच्छुक रहेको पाइएको छ।

सीमा क्षेत्रबाट हुने अवैध आवागमन, तस्करी र चोरी नियन्त्रण गर्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी स्थापना गरिएको भए पनि सशस्त्र प्रहरीका उच्च अधिकारी नै सीमा क्षेत्रको तस्करी रोक्न, आवागमन बन्द गर्न र चोरी नियन्त्रण गर्न उदासिन हुँदा सीमा क्षेत्रका नागरिकले समस्या खेप्नु परेको गुनासो गर्दै आएका छन् ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *