कैलालीको लम्कीमा बन्चरो प्रहार गरि आमाको हत्या

शेयेर गर्नुहोस

कैलाली । बन्चरो प्रहार गरी कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ का एक युवकले आमाको हत्या गरेका छन् ।

सोमबार राती लम्कीचुहाका ४० वर्षीया श्रीराम थारुले ७१ वर्षीया आमा लगनीदेवी थरुनीको बन्चरो प्रहार गरेर हत्या गरेको कैलाली प्रहरीले जनाएको छ ।

उनले वृद्धभत्ताको रकम आमाले नदिएपछि बन्चरोले ढाड र खुट्टामा प्रहार गरेका हुन् । बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी थरुनीको उपचारका लागि लम्कीको लालरन्त अस्पताल लगिएको थियो ।

लम्कीमा उपचार सम्भब नभएपछि धनगढी ल्याइएको थियो । उनलको धनगढीको नवजीवन अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लम्कीले थारुलाई मंगलबार बिहान जंगलबाट पक्राउ गरेको छ । श्रीराम पहिला पनि ज्यान मुद्दामा पाँच वर्ष कारागार बसेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको बताए ।

ताजा खबर

बैतडीमा ससुराली गएका एक पुरुषको मृत्यु

धनगढीबाट लागूऔषधसहित दुई युवक पक्राउ

हेर्नुहोस् आजको तपाईको राशिफल !

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज बस्दै

कैलाली एमालेको अध्यक्षमा तीन जना उम्मेदवार

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *