बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ

शेयेर गर्नुहोस

कञ्चनपुर । कञ्चनपुर महेन्द्रनगरको बाल अनाथालयका प्रमुख एक बालिकासंग अनैतिक सम्बन्धको आरोपमा पक्राउ परेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको समाजकल्याण बाल अञ्चल अनाथालयका प्रमुख शंकर बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान बाल अनाथालयका प्रमुख चन्दलाई प्रहरीले पक्राउ गरेको कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी चक्र बहादुर शाहले बालिकासंगै यौनजन्य आरोपमा कार्यालय प्रमुख चन्दलाई पक्राउ गरिएको बताए ।

कार्यालय प्रमुखलाई अनाथालयबाटै पक्राउ गरिएको उनले बताए । ‘हामीले अहिले नाबालिकालाई यौनजन्य दुव्र्यवहारको आरोपमा चन्दलाई नियन्त्रणमा लिएका छौँ, ‘उनले भने, ‘घटनाको छानबिनमै छौँ, दोषि भेटिएर कार्बाही गछौँ ।’ प्रहरीले बालिकासंग समेत सोधपुछ गरिएको छ ।

अनाथालयमै एक बालिकाले गर्भ तुहाएपछि घटना बाहिरिएको छ । गर्भ पहिचान गर्ने किड सहितको रगतको डल्लो भेटिएपछि अनाथालयबाट घटना बाहिरिएपछि प्रहरीले छानबिन गरेको छ । उक्त घटना कसले घटाएको र को दोषि बारे अहिलेसम्म वास्तविक एकिन भएको छैन ।

समाजकल्याण बाल अञ्चल अनाथालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ण बहादुर चन्दले घटनाको विषयमा गम्भिर ध्यानाकर्षण भएको बताए ।

अनाथालयको घटना बाहिरिएपछि महेन्द्रनगर युथभ्वाईस, महिला अधिकारकर्मीले घटनाको सत्यतथ्य छानबिन गरेर दोष उपर कार्बाहीको माग अघि सारेका छन ।

amazed