शेयेर गर्नुहोस
सुमित्रा लुइटेल,
काठमाडौं । शरीरका कुनै अंगमा सेतो दुभी आएमा मनमा विभिन्न प्रश्न उब्जिन्छन्, यो कुनै गम्भीर रोग पो हो कि रु के कारणले यस्तो दुभी आयो रु तर यो कुनै रोगभन्दा पनि सौन्दर्य समस्या मात्र भएको चिकित्सकहरु बताउँछन् ।
दुभी के कारणले आउँछ ? यसले छालाको सौन्दर्य बिगार्नेबाहेक अरू कुनै असर गर्छ कि गर्दैन ? लगायत विषयमा छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्टसँग गरिएको कुराकानीः
खासमा छालामा हुने सेतो दुभी के हो ?
स्थान र हावापानीअनुसार मानिसहरुको छालाको रंग फरक(फरक हुन्छ । कसैको कालो, कसैको गोरो र कसैको गहुँगोरो रंगको छाला हुन्छ । मानिसको छालालाई रंग दिने ‘मिलानिन’ भन्ने कोषिका हुन्छ, जसले ‘मेलानोसाइट’ उत्पादन गर्छ र छालामा रंग दिन्छ । छालामा रंग दिने ‘मेलानोसाइट’ नष्ट भएर छालाको बाहिरी भागमा सेतो दाग देखिने र फैलिने समस्यालाई अंग्रेजीमा ‘भिटिलिगो’ र नेपालीमा दुभी भनिन्छ । दुभी रोग नभएर सौन्दर्य समस्या हो ।
दुभी के कारणले आउँछ ?
‘मेलानोसाइट’ कोषले शरीरमा रंग उत्पादन गर्ने काम गर्छ । यो कुनै कारणले नष्ट भयो भने शरीरमा रंग हराउँदै जान्छ । अन्य रोग प्रतिरोधात्मक प्रणालीसम्बन्धी समस्या (अटोइम्युन डिसअर्डर) भएको अवस्थामा दुभी आउन सक्छ ।
केही व्यक्तिमा वंशाणुगत कारणले पनि यो समस्या देखिने गर्छ । कसैलाई गहिरो चोटपटक लाग्यो र त्यसले गर्दा रंग बनाउने कोषमा असर पर्न गयो भने पनि यो समस्या देखिन सक्छ । बढी तनावमा रहने मानिसमा पनि सेतो दुभी देखिन सक्छ । यो समस्या जुनसुकै उमेर समूहलाई हुन सक्छ ।
यस्तो दुभी कसरी वा कहाँ कहाँ फैलिन्छ ?
दुभी विभिन्न प्रकारको हुन्छ । कसैको कुनै निश्चित भागमा मात्र रंग हराउन सक्छ । कसैको शरीरभरको रंग हराउँछ । लाइनजस्तै गरी शरीरका विभिन्न भागमा लहरै आउने दुभीलाई चिकित्सकीय भाषामा ‘सेग्मेन्टल’ (लहरे) दुभी भनिन्छ ।
विभिन्न तरिकाले थोप्ला–थोप्ला तथा सम्पूर्ण शरीरै ढाक्ने किसिमले दुभी आउन सक्छ । जसलाई चिकित्सकीय भाषामा नन–सेग्मेन्टल भनिन्छ । कतिपय अवस्थामा मिश्रित किसिमका दुभी आउँछन् । कतिपय दुभी त यही प्रकारको भनी यकिन गरेर प्रकारै छुट्याइँदैन ।
यसले छालाको सौन्दर्य बिगार्नेबाहेक अरू कुनै असर गर्छ ?
छालाको सौन्दर्य बिगार्नेबाहेक अरू असर दुभीले गर्दैन । शारीरिक रूपमा दुभीले कुनै असर पार्दैन तर सौन्दर्यसँग जोडिएको हुनाले यसले मानसिक रूपमा हीनताबोधको सिकार बनाउँछ । यसले व्यक्तिलाई मानसिक र सामाजिक रूपमा मात्र असर गर्छ ।
यसलाई नियन्त्रण वा पूर्ण रुपमै हटाउने कुनै उपाय हुन्छ ?
कसैकसैमा यो समस्या आफैं नियन्त्रण हुन्छ । सामान्य दुभी भएमा औषधि लगाएर तथा सेवन गरेर पनि नियन्त्रण हुन्छ । सामान्य समस्या छ भने औषधिको प्रयोगबाट नै यसलाई हटाउन सकिन्छ । धेरै फैलिएमा फोटो थेरापी ९सेक्ने० बाट यसको उपचार गरिन्छ गर्भवती महिला तथा बालबालिकाको लागि पनि यो उपचार गर्न मिल्छ । यी दुई प्रविधिबाट निको नभएको खण्डमा शल्यक्रिया गर्नुपर्छ ।
समयमा उपचार भयो भने यो रोग पूर्ण रूपमा निको हुन्छ, तर धेरै फैलिएको अवस्था छ भने उपचार सम्भव नहुन पनि सक्छ ।
यसका लागि खानपान बार्नुपर्ने हुन्छ ?
यसका लागि खास खानपान नै बार्नुपर्ने त हुँदैन । कसैले दुभीमा माछा–मासु खान हुँदैन भनेको हामी सुन्छौं । तर त्यसको कुनै वैज्ञानिक आधार छैन ।
(अनलाइन खबर बाट)