नेपाल शिक्षक सङ्घको दोस्रो अधिवेशन सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । घोडाघोडीमा घोडाघोडी नगर स्तरीय नेपाल शिक्षक सङ्घको दोस्रो अधिवेशन सम्पन्न भएको छ । नेपाल शिक्षक सङ्घ घोडाघोडी नगर स्तरीय कार्य समितिका अध्यक्ष राम प्रसाद गौतमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूर पश्चिम प्रदेश नेपाल काँग्रेस संसदीय दलका नेता कमल बहादुर शाह रहेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसमा आबद्ध विभिन्न तह र तप्काका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल शिक्षक सङ्घमा आबद्ध तथा अवकाश प्राप्त शिक्षक दान बहादुर कुँवर, जवाहरीलाल जैसी र परशुराम सापकोटालाई कदर पत्र सहित नेपाल शिक्षक सङ्घ घोडाघोडी नगर स्तरीय कार्य समितिले सम्मान गरेको छ ।

घोडाघोडी नगर स्तरीय नेपाल शिक्षक सङ्घको दोस्रो अधिवेशनले नयाँ नेतृत्व चुन्ने बताईएको छ । कार्यसमितिका उपाध्यक्ष विजयनारायण लामिछानेको स्वागत मन्तव्य सँगै सुरु भएको कार्यक्रमको संचालन विश्वनाथ देवकोटाले गरेका थिए ।

ताजा खबर

नागरिक उन्मुक्ति पार्टीभित्र फेरी किचलो

कञ्चनपुरमा ५६ वर्षीय पुरुष एसइईको परिक्षा दिँदै

टीकापुर नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

धनगढीका मेयर हमालकी छोरी सम्पर्कमा

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि !

हाम्रो फेसबुक