बैतडीमा महिलामाथि बलात्कार, एकजना पक्राउ

शेयेर गर्नुहोस

अत्तरिया । बैतडीमा अपांगता भएकी महिलामाथि बलात्कार भएके छ । बलात्कारको आरोपमा एकजना पक्राउ परेका छन् । २४ वर्षीया अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका–७ का ५६ वर्षीय तारादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।

‘क’वर्गको अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपसहित प्रहरीमा जाहेरी आएपछि आरोपित भट्टलाई पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । पीडित महिलाका आफन्तले आइतबार जाहेरी दिएको र आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।

पिडित अपांगता भएकी महिलालाई ती पुरुषले पहिलापनि बलात्कार गरेको भिडियो समेत सार्वजनिक गरिएको छ । पिडितका आफन्तहरुले महिलामाथि पटक–पटक बलात्कार भएको बताएका छन् ।

ताजा खबर

सुदूरपश्चिमका आशिषले ३६ वर्षको कीर्तिमान तोडे

बाजुरामा दुई बालिका कर्णाली नदीमा बेपत्ता

कैलालीमा बोईलर कुखुरासहित एक लाख बढीका सामान बरामद

भजनी नगरपालिकामा आधारभूत तहको नतिजा निराशाजनक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *