जानकी गाउँपालिकामा पञ्चेबाजासहित शिक्षकको बिदाइ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जानकी गाउँपालिकास्थिच अरुणोदय माध्यामिक विद्यालयले अवकाश प्राप्त शिक्षकको भव्य समारोहका बीच बिदाइ गरेको छ ।

निमावि तहमा ३१ बर्स सेवा गरि अवकाश भएका सामाजिक विषयका शिक्षक रणबहादुर बिष्टको उत्सवमय बिदाई समारोह गरिएको हो । पञ्चेबाजा सहितको बिदाई रयाली जानकी गाउँपालिकाको वाड नम्बर ९ का बिभिन्न क्षेत्रमा परिक्रमा गराइएको थियो ।

जानकी गाउँपालिका वाड नम्बर ९ का वाडा अध्यक्ष खगेन्द्र भण्डारीले शिक्षकको सम्मान गर्ने विद्यालय परिवारको यो कार्य प्रशंसायोग्य रहेको बताए ।

यस्तै त्यस क्षेत्रका अगुवा तथा नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक सुरतबहादुर शाहले विद्यार्थीहरू अनुशासित भएर अघि बढ्नुपर्ने बताएका छन् ।

कार्यक्रममा समाजसेवी रतिराम भट्ट, रुपा रेग्मी खत्री लगायतले विद्यालयको यो उदाहरणीय कार्यको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

बिदाई समारोहमा अवकासप्राप्त शिक्षक रणबहादुर बिष्टले आफू अवकाश प्राप्त भएपनि विद्यालयको हितमा सँधै लागिरहने बिचार व्यक्त गरे । कर्णाली करिडोर बन उपभोक्ता समितिका अध्यक्ष गोविन्द बिष्टले शिक्षकलाई सम्मान गर्ने विद्यालय परिवारको कार्य निकै उदाहरणीय भएकाले विद्यालयसँग आफूहरू सहकार्य गर्न सँधै इच्छुक रहेको बताएका छन् ।

ताजा खबर

रेशम चौधरीको माफी प्रकरणको ‘साइड इफेक्ट’

अवैध लागुऔषधसहित एक युवक पक्राउ

टीकापुर हाटबजार: धुलोमाटोमै व्यापार गर्न बाध्य व्यवसायी

amazed