एक महिला मृत फेला

शेयेर गर्नुहोस

झलारी । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरीमा एक महिला घर नजिकै बासको झाडी नजिक झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने करिब ४० वर्षीया गीता चौधरी घर पछाडि बास झाडी नजिक झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

बिहिबार बिहान परिवारका सदस्यले चौधरीलाई झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीपचन्द्र शाहले जानकारी गराए ।

स्थानीयले आत्महत्या नभएर हत्या भएको हुनसक्ने भन्दै शंका व्यक्त गरेका छन् ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed