शेयेर गर्नुहोस
सरस्वती भाट
दुर्गौली/ जुम्लाका दुईवटा स्थानिय तहका जनप्रतिनिधि र विपद्का क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि सम्मिलित टोलीले विपद् व्यवस्थापन मौसम पुर्वानुमानमा आधारीत पूर्व कार्य, राहात, उद्धार र पुनस्थापनाका विषयमा जानकी गाँउपालिकाले गरेका कार्य तथा कृयाकलापहरुको अवलोकन गरेका छन् ।
अवलोकन भ्रमणमा रहेको टोलीले कैलालीको जानकी गाउँपालिकाको विपद् व्यवस्थापन समितिसंग भेटघाट र अनुभव आदानप्रदान गरेको हो । टोलीले विपद् व्यबस्थापनबारे सिकाइका लागि जानकी गाँउपालिका स्थानिय विपद् व्यवस्थापन समिति तथा स्थानिय आपतकालीन कार्य संचालन केन्द्रको भ्रमण गरेको हो ।
भ्रमण टोलीमा जुम्ला दुई स्थानिय तह तातोपानी गाँउपालिका , तिला गाँउपालिकाका वडा अध्यक्ष , विपद् सम्पर्क व्यक्ती , वडा स्तरीय विपद् व्यवस्थापन समिति, समुदाय स्तरीय विपद् व्यवस्थापन समितिका पदाधिकारी गाँउपालिकाका बिभिन्न शाखाका प्रमुख तथा भकारी परियोजना किर्डाकका प्रतिनिधि तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा तातोपानी गाँउपालिकाका विपद् सम्पर्क व्यक्ती अंगराज डाँगीले जानकी गाँउपालिका कैलालीले समग्र विपद् व्यवस्थापनको सवालमा बिभिन्न कार्यहरु गरेको आफुहरुले पायको भन्दै मौसम पुर्वानुमानको आधारमा सुचना संप्रेषण , पुर्व कार्य संगै नितिगत कुराहरु सामाजिक सुरक्षा प्रणालीलाई विपद् संग जोडेर थालेका कार्यहरु आफुहरुको लागि नयाँ भएको भन्दै जानकी गाँउपालिकाले गरेका कार्यहरु आफुहरुको लागि ठूलो सिकाइको रुपमा पाएको बताउनु भयो । जानकी गाउँपालिकामा भएको अनुभव आदानप्रदान कार्यक्रममा अध्यक्ष गणेश चौधरीले समयमै सूचना पाए मानिस आफै बाँच्न र बचाउन सक्ने भएकोले समयमै सूचना दिनु र विपद्मा परेकालाई राहात दिन पहिल्यै कार्यविधि बनाएकाले सहज भएको बताउनुभयो ।
जानकी गाउँपालिकाका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक तीर्थराज उपाध्यायले स्वागत गर्नुभएको कार्यक्रममा विपद् फोकल पर्सन नेत्रप्रसाद जैसीले जानकी गाउँपालिकाले समग्र विपद् व्यबस्थापनमा गरेको कार्यहरुको बारेमा जानकारी पछिल्नो समय स्थानिय तहले विपद्का कार्यहरुलाई महत्व दिदै अघि बढेको र सोही अनुसार गाँउपालिका भित्र भएगरेका कार्यहरुको बारेमा भ्रमण टोलीमा सहभागि व्यक्तीहरुलाई जानकारी गराउनु भएको थियो ।
यस अघि गाउँपालिकामा बाह्रबिसे नगरपालिका सिन्धुपालचोक,भोटेकोशी गाउँपालिका सिन्धुपालचोक,उत्तरगया गाउँपालिका रसुवा,नौकुण्ड गाउँपालिका रसुवादुल्लु नगरपालिका दैलेख,चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेख,आठबिस नगरपालिका दैलेख,भैरबी गाउँपालिका दैलेख,ठाटीकाँध गाउँपालिका दैलेखका जनप्रतिनिधि तथा कर्मचारीहरुले अध्ययन अवलोकन गरिसकेका छन ।
