मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

दैजी बेल्डाँडी भित्री सडकखण्डमा दैजीदेखि बेल्डाँडी जाँदै गरेको सु।प।प्र ०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा ८ वर्षीय बालक इसबन्धन ठकुरीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक भिमदत्त नगरपालिका–६ का ३५ वर्षीय टेकराज भट्ट रहेका छन् । उनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेका जनाइएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

यस्तै सोही मोटरसाइकलमा सवार घाइते भएकी बेल्डाँडी–२ की १२ वर्षीया अर्चना जोशीको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनको धनगढीस्थित माया मेटो अस्पतालमा उपचार भइरहेको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed