कैलालीमा ट्राफिक प्रहरी धामीको दुर्घटनामा परी मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको धनगढीमा एक ट्राफिक प्रहरीको दुर्घटनामा परी मृत्यु भएको छ। धनगढी उपमहानगरपालिकाको बोराडाँडीमा बिहिबार साँझ दुर्घटनामा घाइते भएका प्रहरी सहायक हल्दार जनकराज धामीको ज्यान गएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार उनी बिहिबार साँझ राजपुरको ट्राफिक बिट जाँदै थिए। उनी सवार मोटरसाइकल बोराडाँडीमा गाईसँग ठोकिएको हो । उनको शनिबार राति धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभा अनिश्चित

कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

कक्षा १२ को परीक्षा निर्धारित मितिमै हुने

कञ्चनपुुरमा खोलामा डुबेर एक बालकको मृत्यु

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *