दुई युवक लागुऔषधसहित पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली स्थित धनगढीका दुई जना लागुऔषधसहित कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका–६ विद्यानगरबाट ७५ मिलिग्राम लागूऔषधसहित दुई जना शनिबार साँझ पक्राउ परेका हुन् ।

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका २३ वर्षीय सुमित राना र धनगढी उपमहानगरपालिका–७ मनहेराका १५ वर्षीय किशोर रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले से।७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागुऔषध फेला परेपछि दुबै जनालाई पक्राउ गरिएको हो ।

ताजा खबर

amazed