बारा-२ उपनिर्वाचन: उपेन्द्रसँगको मतान्तर घटाउदै जनमतका कुशवाह

शेयेर गर्नुहोस

काठमाडौं, १२ वैशाख । बारा २ को उपनिर्वाचनको मतगणनामा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवसँगको मतान्तर घटाउँदै लगेका छन् ।

मंगलबार साँझ प्राप्त मत परिणाम अनुसार जसपा अध्यक्ष यादवले १८ हजार ८०८ मत पाउँदा जनमतका उम्मेदवार कुशवाहले १५ हजार ४५८ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३ हजार ३५० छ । मंगलबार दिउँसोसम्म यादव र कुशवाहबीचको मतान्तर ५ हजार भन्दा बढी थियो ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले भने ५ हजार ५६३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रमेश खरेलले २२६८ र आम जनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार १० मत पाएका छन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed