सुप लोकसेवा आयोगद्वारा विभिन्न पदका २६९ दरबन्दीका लागि दरखास्त आव्हान

शेयेर गर्नुहोस

धनगढी, १४ बैशाख । सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले चौथो तह प्राविधिक तर्फ विभिन्न पदका २६९ दरबन्दीका लागि दरखास्त आव्हान गरेको छ ।

आयोगले सहायक चौथो प्राविधिक तर्फ विभिन्न पदको पदपूर्तिको लागि विज्ञापन खोलेको हो । बिहिबार सूचना प्रकाशित गरी आयोगले खुला तथा समावेशी कोटामा रिक्त दरबन्दीका लागि दरखास्त मागेको हो ।

उम्मेदवारले अनलाइनमार्फत् पनि फारम भर्न सुविधा दिइएको छ । दरखास्त दिने अन्तिम मिति आगामी जेठ ३ गतेसम्म रहेको छ भने दोब्बर दस्तुर तिरेर जेठ १० गतेसम्म पनि दरखास्त दिन सकिने छ ।

आवश्यक शैक्षिक योग्यता भएका १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् भने महिला तथा अपांगता भएका उम्मेदवारहरुको उमेर ४० वर्ष ननाघेको हुनुपर्ने आयोगद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।

हेर्नुहोस सुचना:

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed