दार्चुलामा कार्यरत पत्रकार खत्रीमाथि नगरपालिकामा सामुहिक आक्रमण

शेयेर गर्नुहोस

धनगढी, १५ बैशाख । दार्चुलाका पत्रकार अमर खत्रीमाथि कुटपिट भएको छ । पत्रकार खत्रीमाथि शैल्यशिखर नगरपालिकाका कर्मचारीले शुक्रबार दिउसो पौने १२ बजेतिर सामूहिक आक्रमण गरेका हुन् ।

पत्रकार खत्रीका अनुसार शैल्यशिखर नगरपालिकाका मेयर विजयसिंह धामीका स्वकीय सचिव भनेर चिनिने नगरपालिकामा कार्यरत कर्मचारी इन्द्रसिंह धामीसहित ५ जनाको समूहले कुटपिट गरेको हो ।

‘नगरपालिकाको बारेमा किन समाचार लेख्छस? किन आइस? भन्दै नगरपालिका परिसरमा ममाथि आक्रमण भयो, पछि समातेर सभाहलमा थुनेर सामुहिक रुपमा कुटपिट गरे,’ खत्रीले भने, ‘मोबाइल खोसेर रेकर्ड गरिएको भिडिओ पनि डिलिट गरेका छन् ।’

पत्रकार खत्रीको कान र हातमा चोट लागेको छ । पत्रकार खत्रीले आफूमाथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा निवेदन दिएका छन् ।

पत्रकार खत्रीका अनुसार मेयर धामीका स्वकीय सचिव इन्द्रसिंह धामीले नगरपालिकाको विषयमा समाचार लेखेमा मिडियामा आगो लगाउने र सिध्याउने धम्की समेत दिएका छन् ।

खत्री गोकुलेश्वरबाट प्रशारण हुने रेडियो चौलानी र सेतीकाली अनलाइनमा कार्यरत छन् ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed