बाढीबाट वेपत्ता तीनको अवस्था अझै अज्ञात

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला
सत्ती÷भजनी नगरपालिका बाढीमा बगेर बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात छ ।
अविरल वर्षापछि बुधबार आएको बाढीमा भजनी नगरपालिका वडा नं. ८ का ४ जना डुबेर बेपत्ता भएका थिए भने एक जनाको सकुशल उद्दार गरिएको थियो ।
इलाका प्रहरी कार्यालय भजनी का अनुसार बेपत्ता हुनेमा जनकपुर गाउँका ९ वर्षीय स्केल चौधरी, काँडाढिक गाउँका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र वि.क. रहेका छन् ।
हेमन्त शाहीको सकुशल उद्दार गर्न सफल भएको ईलाका प्रहरी कार्यालय भजनीले जनाएको छ ।
बुधबार रातिसमेत पानी परेर पानीको सतह बढ्दै जाँदा खोजी कार्यमा समस्या भइरहेको छ । बेपत्ता भएकाको खोजी कार्य भइ रहेको ८ नं. वडाका वडाध्यक्ष पंकज चौधरीले बताउनुभयो ।
मंगलबार रातिदेखि आएको वर्षाले भजनी नगरपालिकामा मात्रै २ हजार घर डुबानमा परेका छन् । बाढीबाट प्रभावित लाई हुलाकी राजमार्ग सहित अग्लो स्थानतिर सार्ने कार्य भइ रहेको छ ।
भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले बाढी का कारण डुबानमा परेको जनकपुर, गोरचौउरा, दैलेखी टोलमा बिहीबार बिहानसम्म जान नसकिएको बताए ।
‘बाढी बढिरहेको छ, घटेको छैन, ती गाउँमा सुरक्षाकर्मी समेत पुग्न सकेका छैनन्’, चौधरीले भने, ‘एक घरदेखि अर्को घरसम्म जान सकिने अवस्था नहुँदा क्षतिको यकिन गर्न पनि मुश्किल भएको छ । उद्दारमा समेत सकस भइ रहेको छ ।’

ताजा खबर

कैलालीमा एकको हत्या, हत्याको आशंकामा श्रीमति सहित ४ पक्राउ

आज टीका, लगाउने साइत कतिबेला ?

नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा

बैतडीमा अष्टमीका दिन ४२४ राँगाको बलि

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *