९५ लाखको राहत सामाग्री हस्तान्तरण

शेयेर गर्नुहोस

शक्ति परियार

राजापुर १५, साउन र सामाजिक विकास तथा अनुसन्धान केन्द्र सिएसडिआर नेपाल बाँके फिल्ड कार्यालय राजापुरले  स्थानिय आपतकालीन कार्य संचालन केन्द्र संचालन गर्नकालागी राजापुर नगरपालिका सँग सहकार्य गरी ९५ लाख २४ हजार ७ सय ४९ रुपैया ३९ पैसा सहयोग गरेको भौतिक तथा उद्धार सामग्री बिहीबार हस्तान्तरण गरिएको छ ।

जसमा नगरपालीकाले २८ लाख ८७ हजार ७ सय ८० रुपैया ३९ पैसा अनुदान गरेको जनाएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै केन्द्रले राजापुर नगरपालिकाका नगर प्रमुख शिव प्रसाद चौधरी मार्फत विपत सहयोग सामाग्री हस्तान्तरण गरिएको हो ।

केन्द्रले समग्र बर्दिया भौंराटप्पा क्षेत्रका विभिन्न जोखिमहरुमा सहयोग पु¥याउने उद्देश्यले राजापुर नगरपालिका संग सहकार्य गर्दै राजापुरमै विपत व्यवस्थापन शिलालेख सहितको ४ कोठे भवन निर्माण गरेको छ ।

बर्दियाको राजापुर नगरपालिका, गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिका कार्य क्षेत्र रहेको सो केन्द्रले विपत व्यवस्थापनमा मात्रै नभई आय आर्जन तथा शिपमुलक कार्यमा पनि विभिन्न तालिम र सहयोगहरु गर्दै आएको छ ।

बाढी प्रभावित क्षेत्र मध्यको राजापुर नगरपालिका स्थित केन्द्रले भवन निर्माण गर्दै फलामे ¥याक ४ वटा,डुंगा १ वटा,हातेपम्प १ वटा,प्याडल ७ वटा,रिङ्ग २ वटा,लाईफ ज्याकेट १० पटक,डोरी २ रोल,बेल्चा १० वटा,सब्बल १० वटा,हेलमेट १० वटा,स्टे«चर १० वटा,सिसा लगाएको काठको ¥याक २ वटा,काठको राउण्ड टेबुल १ वटा,स्टिल कुर्चि २५ वटा, प्रोजेक्टर र डिस्प्ले ,स्मार्ट लिड स्क्रिन ब्राण्डेड कम्पनीको प्रोजेकटर १ पिस र डिस्प्ले स्क्रिन १ पिस,स्मार्ट लिड स्क्रिन ३ वटा,कार्पेट जुटको ४५ मिटर,सोफा सेट १ सेट,अफिस टेबुल २ वटा,छत पँखा ब्राण्डेड कम्पनीको ८ वटा,पर्दा फिटिङ्ग सहित ढोका ३ र झ्याल ७, २१ वटा,ब्याट्रि सहितको सोलार  १ सेट,स्मार्ट स्क्रिन १ वटा,स्टिलको दराज २ वटा,रिभोल्भिङ्ग कुर्चि २ वटा,डेस्कटप कम्प्युटर २ वटा ताल्चा चावी ३ वटा,कम्प्युटर टेबुल २ वटा,भ्याकुम क्लिनर १ वटा,स्मार्ट स्क्रिन १ वटा,आर्थिङ्ग १ सेट र टेलिफोन लाईन सेट सहित ३४ शिर्षकमा सामाग्रीहरु हस्तान्तरण गरेको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *