शेयेर गर्नुहोस
धनगढी, २५ बैशाख । कैलालीको भासु भिरमा ग्यास सिलिन्डर बोकेको ट्रक खसेको छ । आइतबार राति १ बजे दार्चुलाबाट धनगढी आउँदै गरेको खाली ग्यास सिलिण्डर बोकेको मालबाहक सवारी भासु भिरमा दुर्घटना भएको हो ।
जिल्लाको चुरे गाउँपालिका–५ खानीडाडास्थित भासु भिरमा ७/८ सय मिटर तल ट्रक खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । धनगढी उपमहानगरपालिका–५ तारानगरका राजेन्द्रप्रसाद बिष्टको सुदूरपश्चिम प्रदेश ०१००१ क १८१० नम्बरको आइसर कम्पनिको ट्रक दुर्घटनामा परेको हो ।
गाडीमा लोड गरिएका सबै ग्यास सिलिण्डर र ट्रकमा क्षति पुगेको छ । मानवीय क्षति नभए पनि गाडी र गाडीमा रहेका खालि सिलिन्डर पुर्ण क्षति भएको बताइएको छ ।